Yeti Khabar

२०८१ फाल्गुन १, बिहीबार - Thu Feb, 2025 -

नेकपा एमालेले संघीय संसद १८७ दिनसम्म अवरोध

१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद १८७ दिनसम्म अवरोध गरेको हो । २३ भदौ २०७८ देखि १ चैत २०७८ सम्म निरन्तर संघीय संसदमा अवरोध गरेको छ ।

२३ भदौ २०७८ देखि ११ कात्तिकसम्मको ५१ दिन चलेको अधिवेशनको पूरै अवधि र २८ मंसिर २०७८ देखि १ चैत २०७८ सम्म चलेको अधिवेशनको पुरै अवधि संसदमा एमालेको नारावाजी कायम रह्यो । एमालेले संसद अवरोध गर्नुको कारण हो, पार्टीले १४ जना सांसदलाई निष्कासनको कारबाही गरेकामा सभामुखले समयमै सूचना टाँस नगर्नु ।तर, यो विषय सर्वोच्च अदालतमा पनि छ ।

१४ सांसदको कारबाही सभामुखबाट अनुमोदन नहुँदा अन्यायमा परेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दिएका थिए । यो मुद्दामा सर्वोच्चले ५ असोज २०७८ मा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार ग¥यो । अब २० चैतमा पूर्ण सुनुवाइको मिति तोकिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com