Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

महानगरको कार्यशैलीप्रति प्रश्न उठ्न थालेपछि असंयमित बन्दै मेयर बालेन साह

६ माघ, काठमाडौं । महानगरपालिकाका कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असंयमित हुन थालेका छन् ।

महानगरपालिकाभित्र व्यवस्थापनविनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गर्न थालेका छन् ।

शुक्रबार राति मात्रै चलचित्र निर्देशक तथा ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्माता विशाल भण्डारीले भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर साहले गैरजेम्मेवारीपूर्ण जवाफ दिएका छन् ।

सार्वजनिक रुपमा प्रश्न गरेका भण्डारीलाई मेयर बालेनले व्यक्तिगत लाञ्छना र उनको व्यवसायमाथि उल्टो प्रश्न गर्दै कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

विशाल भण्डारीले सेयर गरेका प्रश्न र बालेन साहको जवाफ ।
मेयर बालेनको यो जवाफमाथि सामाजिक सञ्जाल फेसबुकमा लामै बहस भएको छ । त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ?

पहिलो प्रश्नको उत्तर नपाएपछि दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् ।

दोस्रो प्रश्नमा मेयर बालेन साहले थप आक्रामक हुँदै कमेन्ट गरेका छन् । निर्देशक भण्डारीलाई भाइ सम्बोधन गर्दै मेयर साहले मदिरा पिएर लेखेको आरोपमात्रै लगाएका छैनन् । प्रश्न गरेर दुस्ख दिएको बताएका छन् ।

मेयर साहले भण्डारीलाई प्रतिप्रश्न गर्दै लेखेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दुस्ख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?

मेयर साहले यसपटक मात्रै होइन यसअघि पनि आफूलाई प्रश्न गर्ने जोकोहीलाई पनि यस्तै जवाफ दिने गरेका छन् । केही समयअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि पनि साह खनिएका थिए ।अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com