Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

दक्षिण अफ्रिकामा बाढी र पहिरो, ४४३ जनाको मृत्यु

दक्षिणमा अफ्रिकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४४३ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार क्वाजुलु- नातान प्रान्तमा बाढीले तबाही मच्चाएको हो।
उक्त प्रान्तमा केही दिनदेखि भारी वर्षा भएको थियो। बाढी र पहिरोमा परी लाखौं मानिस विस्थापित भएका छन् भने पानी र बिजुलीको आपूर्ति अवरूद्ध भएको छ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी पहिरोका कारण साउदी अरबको भ्रमण पर सारेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रान्तका प्रिमियर सिह्ले जिकालालाले उक्त क्षेत्रमा अहिलेसम्मकै धेरै पानी परेकाले बाढी, पहिरो आएको बताएका छन्।
मौसमविद्हरूले आइतबारसम्म फेरि पानी पर्न सक्ने पूर्वानुमान गरेका छन्। फेरि पानी पर्ने कुराले आफन्त र घरबार गुमाएकाहरूमा चिन्ता थपिएको छ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com