Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

व्यासमा २४ करोड २९ लाख सामाजिक सुरक्षा भत्ता बाँडिँदै

व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८र०७९ का लागि २४ करोड २९ लाख छ हजार ७३६ वितरण गरिने भएको छ । नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई उक्त रकम वितरण गर्न लागेको नगरपालिका कार्यालय तनहुँले जनाएको छ ।

त्रैमासिक बजेट निकासा भई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चौथो किस्तामा नपुग रकम रु चार करोड २४ लाख ३८ हजार ३३० राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माग गरिएको छ । ज्येष्ठ नागरिक ७० वर्ष पुगेकालाई चार हजार, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अशक्त अपाङ्गतालाई तीन हजार ९९० का दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रावधान रहेको व्यासका पञ्जिकाधिकारी विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी अन्य ज्येष्ठ नागरिक र एकल महिला ६० वर्ष पुगेका, ७० वर्षमुनिका न्यायिक पृथकीकरण, श्रीमान् नभएका, सम्बन्ध विच्छेद गरेका र विधुवा ६० वर्षभन्दा मुनि श्रीमान् बितेकालाई दुई हजार ६६० का दरले भत्ता वितरण गर्न लागिएको हो । त्यसैगरी, अति अशक्त अपाङ्गता ‘ख’ वर्गका लागि दुई हजार १२८, दलित बालबालिकाका लागि ५३२ का दरले भत्ता वितरण गरिनेछ । नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७७र०७८ मा २० करोड १७ लाख ४३ हजार ३१५ सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

गतवर्षको तुलनामा यसवर्ष ३३ प्रतिशतले वृद्धि भएको व्यास नगरपालिकाका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमारकञ्चन जीसीले जानकारी दिए । उनका अनुसार गत वर्ष सात हजार ५६१ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए । मृत्यु हुनेको सङ्ख्याको तुलनामा जन्मदर बढी हुने हुँदा वार्षिक १५ देखि २० प्रतिशतले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने देखिएको उनले बताए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com