Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

रियल बराबरीमा रोकिँदा बार्सिलोनालाई सहज

काठमाडौँ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको मड्रिडसँग खेलमा बराबरीमा रोकिँदा बार्सिलोनालाई फाइदा भएको छ । शनिवार राति भएको खेलमा रियलले एट्लेटिकोसँग १–१ गोलको बराबरी खेल्दा बार्सिलोनालाई फाइदा भएको हो ।

घरेलु मैदानमा रियल १–० गोलले पछि भएको अवस्थामा १० खेलाडीमा समेटिएको एट्लेटिकोविरुद्ध एक गोल फर्काउँदै हारबाट जोगियो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुई टोलीहरूले दोस्रो हाफमा गोल गरेका हुन् । खेलको ६४ औँ मिनेटमा एन्जल कोरेयराले रातो कार्ड खाँदै मैदान बाहिरिँदा एट्लेटिकोका १० खेलाडीमा समेटिएको थियो ।

खेलको ७८ औँ मिनेटमा जोसे मारिया गिमेन्जले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ८५ औँ मिनेटमा आल्भारोले गोल गर्दै टिमलाई हारबाट जोगाएका हुन् । बराबरीसँगै रियलले २३ खेलबाट ५२ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले एक खेल कम खेलेर ५९ अङ्क जोडेको छ ।पराजित एट्लेटिको ४२ अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com