Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता, दुई देश जाेड्ने सडक परियाेजनाबारे छलफल

काठमाण्डाै – भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री  लिउ कुनबीच भेटवार्ता भएको छ ।

भारतको गुजराजमा रहेकाे गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमवार हिजाे अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उहाँहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।  

भेटमा एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीले समान धारणा राखेका अर्थमन्त्री महतकाे सचिवालयले जनाएकाे छ । 

सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गर्नुभएको सहयोग प्रतिबद्धताबारे पनि दुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक  विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । सुरुङमार्गको प्रसङ्गमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उहाँले आशा व्यक्त गर्नुभयो ।  चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com