Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

इजरायलले गाजामा राहत सामग्री पुर्‍याउन तीनवटा बाटो खोल्ने

इजरायलले गाजामा थप राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने भएको छ । उत्तरी गाजाको इरेज गेट युद्ध शुरु भएपछि पहिलो पटक अस्थायी रूपमा खाल्न लागेको इजरायलले जनाएको छ । मानवीय सहायता आपूर्तिका लागि अश्दोद बन्दरगाह पनि खोलिनेछ । यसबाहेक, जोर्डनबाट राहत सामग्री गाजा प्रवेश गर्नको लागि केरेम शालोम क्रसिङ पनि खोलिने बीबीसीले जनाएको छ ।

यसै हप्ता युद्धग्रस्त गाजामा इजरायलको आक्रमणबाट खाना तथा पानी वितरण गर्दै आएको खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सात जना सहायताकर्मीको ज्यान गएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलपछि यो निर्णय गरिएको खबरमा उल्लेख छ । युद्ध शुरु भएयता त्यस क्षेत्रमा अहिलेसम्म १ सय ९७ जना सहायताकर्मीको ज्यान गैसकेको छ ।

इजरायली हस्तक्षेप र लगातारको आक्रमणका कारण गाजा पट्टीमा बसोबास गर्ने २० लाख जनसंख्या भोकमरीको सङ्कटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com