Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै

असार,१४ काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि अहिले प्रदेशसभा बैठक चलिरहेको छ ।

प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई मत नदिएमा प्रदेश मध्यावधि चुनावमा जाने र त्यो चुनावलाई नागरिकले स्वीकार गर्लान् कि नगर्लान् भनेर प्रश्न सोध्नुभएको छ । उहाँले आफूलाई मत नदिएमा कुनै पनि राजनीतिक अङ्क गणितले सरकार बन्न नसक्ने भन्दै प्रदेशलाई मध्यावधि चुनावमा जान रोक्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद आवश्यक रहेकोमा मुख्यमन्त्री कार्कीको पक्षमा एमाले र राप्रपाका ४६ जना सांसद छन् । एक सिट रहेको जसपालाई फकाउन एमालेले निकै दौडधुप गरिरहेको छ । तर जसपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ । यस्तै विपक्षी दलसँग पनि सभामुखबाहेक जम्मा ४५ सिट रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com