Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई दिने औपचारिक भ्रमणमा सीलाई भेट्न पुटिन बेइजिङ पुग्नुभएको हो । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

रुसको राष्ट्रपतिमा पाचौँ कार्यकालका लागि चयन भएसँगै पुटिनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गर्नुभएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । यस भेटमा दुई देशबीच बृहत् रणनीतिक साझेदारीसम्बन्धी सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।

यसैबीच पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएका खबरमा उल्लेख छ । चिनियाँ सञ्चारमाध्यमसँगको कुराकानीमा पुटिनले युद्धमा संलग्न सबै राष्ट्रहरूको हित हुनेगरी सहमतिका लागि रुस बाधक नरहेको बताउनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com