Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सुनको मूल्य पछिल्लो समय निरन्तर ओरालो

काठमाडौं २० वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्नेक्रममा हिजोको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ थियो ।

सुनको मूल्य पछिल्लो समय निरन्तर घटिरहेको छ । वैशाख ५ गते प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजसम्म आइपुग्दा ५ हजार ३०० रुपैयाँ घटिसकेको छ । सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने स्थिर छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com