Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

तनहुँ- १ मा अग्रता बढाउँदै वाग्ले, पछ्याउँदै भट्टराई, खनाल तेस्रो 

काठमाडौं- तनहुँ- १ मा १९ वडाको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले अग्रता बढाउँदै लगेका छन्। १७ वडाको मत गणना हुँदा ४ हजार ८ सय मतले अघि लागेका वाग्ले थप २ वडाको मत गणना हुँदा ५ हजार मतले अगाडि लागेका छन्।

हालसम्मको परिणाम अनुसार कांग्रेस र एमालेका उम्मेदवारले पाएको मतभन्दा वाग्लेको मत धेरै भएको छ। उनीहरुको भन्दा वाग्लेको मत ८ सय ३८ बढी छ। 

२५ हजार ३ सय ६९ मत गणना गर्दा वाग्लेले १२ हजार ७ सय ५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने एमालेका सर्वेन्द्र खनालले ४ हजार २ सय २० मत प्राप्त गरेका छन्। नेपाल लाइभ बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com