Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सीआईएका पूर्व अधिकारी जोशुआ शुल्टेलाई ४० वर्षको जेल सजाय

अमेरिकी खुफिया एजेन्सी सीआईएका पूर्व अधिकारी जोशुआ शुल्टेलाई ४० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई जासुसी, कम्प्युटर ह्याकिङ, अदालतको अवहेलना, एफबीआईलाई गलत बयान दिने र बाल दुर्व्यवहारको तस्बिर राख्ने आरोपमा सजाय सुनाइएको हो ।

अभियोजकले उनलाई सीआईएको ‘भल्ट सेभेन’ उपकरणहरू लिक गरेको आरोप लगाएका छन् । जसले गुप्तचर अधिकारीलाई स्मार्टफोन ह्याक गर्न र सुन्ने उपकरणहरूको रूपमा प्रयोग गर्न अनुमति दिन्छ । ३५ वर्षका शुल्टेले सन् २०१७ मा विकिलिक्सलाई लगभग ८ हजार ७ सय ६१ कागजात सेयर गरेको आरोप छ । जुन सीआईएको इतिहासमा सबैभन्दा ठूलो डाटा उल्लङ्घन रहेको अमेरिकी न्याय विभागले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

शुल्टे साइबर इन्टेलिजेन्स केन्द्रमा सफ्टवेयर विकासकर्ताको रूपमा कार्यरत थिए । अमेरिकी अधिवक्ता डेमियन विलियम्सले शुल्टले अमेरिकी इतिहासमा जासुसीको सबैभन्दा जघन्य अपराध गरेर आफ्नो देशलाई धोका दिएको टिप्पणी गर्नुभएको छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com