Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति

बैशाख,३१ काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । नेकपा ९एमाले० का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com