Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

गाजाको शरणार्थी शिविरमा इजरायलको आक्रमण : बालबालिकासहित १४ जनाको ज्यान गयो

काठमाण्डौ – इजरायलले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा आक्रमण गर्दा बालबालिकासहित १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । इजरायली लडाकु विमानले शिविरमा रहेको एक घरमा बम आक्रमण गर्दा उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

गाजाका नागरिक विशेष गरी बालबालिकाको अन्धाधुन्ध हत्या भैरहेको भन्दै संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफले आक्रमण रोक्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले यसअघि गाजा र इजरायलबीचको युद्धमा विदेशी कर्मचारीको हत्या भएको भन्दै यसको पूर्ण छानबिनको माग गर्नुभएको खबरमा उल्लेख छ ।

इजरायली सेनाले रफाहको कुवेती अस्पतालका कर्मचारीलाई मेडिकल सुविधाका काम छाड्न आदेश दिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अबको केही घण्टामा यस क्षेत्रका स्वास्थ्य प्रणाली अवरुद्ध हुने चेतावनी दिइसकेको छ । गएको अक्टोबर ७ तारिख देखि गाजामा जारी इजरायली आक्रमणमा ३५ हजार जनाभन्दा धेरै मानिस मारिएका र ७८ हजारभन्दा धेरै घाइते भएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com