Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता

जेठ, २२ काठमाडौं । काठमाडौंमा भएको एक लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ।
जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो।

प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन। घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणमा लिइसकेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले यस घटनाको अनुसन्धान भइरहेको बताए।

पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्ति र लुटेरा समूहबीच सुन किनबेच गर्ने डिल भएको थियो। ती व्यक्ति सुन व्यवसायी भने होइनन्।
‘ती व्यक्ति सुन व्यवसायी होइनन्। सस्तोमा किनेर धेरै फाइदा हुन्छ भनेपछि उनी त्यहाँ पुगेका थिए,’ एक प्रहरी अधिकृतले भने।
सस्तोमा सुन पाइने भएपछि ती व्यक्तिले ३५ लाख रुपैयाँ जुटाएको प्रहरीलाई बताएका छन्। लोकेशन पाएपछि प्रहरीले ती व्यक्ति जेठ ८ गते त्यहाँ पुगेका थिए।

त्यहाँ पुग्दा उनले सुन पाएनन्। बरू आफूले बोकेको ३५ लाख रुपैयाँ लुटिए।

मानिसलाई सुन/डलर सस्तोमा दिने लोभमा फसाएर लुटपाट गर्ने गिरोहको संलग्न रहेको एक उच्च अधिकारीले बताए।
‘यो सुन-डलरहरू सस्तोमा दिएर लुटपाट गर्ने गिरोह हो,’ उनले भने, ‘नक्कली सुन वा डलर दिन्छु भनेर मान्छे बोलायो। त्यसपछि लुटपाट गरेर भाग्ने खालको विशेष रणनीति देखिन्छ। यसमा क-कसको संलग्नता छ भन्नेबारे अझै अनुसन्धान भइरहेकै छ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com