Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

वम विस्फोट गराएको आरोपमा ३ जना पक्राउ

जेठ ,४ काठमाडौं स्थानिय तह निर्वाचन अघि रुपन्देहीको बुटवल उप–महानगरपालिकामा वम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । वैशाख २८ मा बुटवलस्थित मिलन चोकमा वम विष्फोट गराउने ३ जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले बताए ।

पक्राउ पर्नेमा सुरेश खनाल उर्फ कमरेड नेपाल, फणिन्द्र गरतौला उर्फ राज र शुक्र कुमार श्रेष्ठ उर्फ अशोक छन् । उनीहरुलाई जेठ १ मा बुटवल उप–महानगरपालिका–१३ नयाँ गाउँ र सैनामैना नगरपालिका–१ बाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

घटनास्थलमा नेकपा माओवादी केन्द्रीय समितीले चुनाव बहिष्कारबारे ‘कमरेड नेपाल’ले जारी गरेको विज्ञप्ती भेटिएको थियो । वैशाख २८ मा साँझ बुटवल उप–महानगरपालिका वडा नम्बर–९ मिलनचोक स्थित आकाशेपुल मुनि प्रेसर कुकर बम विष्फोट भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com