Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

मन्त्री कार्कीले गरे कानुन मन्त्रालयको पदभार ग्रहण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन्। सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिक रूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर कानुन निर्माण र सुधार निरन्तर रूपमा चलिरहने प्रक्रिया हो, संसद्मा पेस भएका र पेस हुन नसकेका विधेयकहरूलाई निर्वाचनपछि गठन हुने संसद्मा पेस गर्न सहज हुने तरिकाले मैले आवश्यक गृहकार्य गर्नेछु।

मन्त्री कार्कीले स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसम्मत रूपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताए।

आगामी मङ्सिर ४ गतेको चुनावपछि गठन हुने सरकारले मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने उनको विश्वास छ।
मन्त्रालयका सचिव उदयराज सापकोटाले मन्त्रालयलयको गतिविधि र भावी योजनाबारे मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com