Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ग्रिसमा डुङ्गा पल्टिँदा ८३ जनाको ज्यान गयो : १ सय ४ जनाको उद्धार

ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको ज्यान गएको छ । हिजो भएको दुर्घटना लगत्तै ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएर एक सय ४ जना आप्रवासीलाई उद्धार गरेको छ ।

उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरलाई उद्धृत गरी समाचार संस्था एपीएफले जनाएको छ । तर दुर्घटना हुँदा डुङ्गामा कति जना थिए अहिलेसम्म खुल्न सकेको छैन ।

जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ । आज पनि उद्धारको काम भैरहेको छ ।

डुङ्गामा रहेका कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको खबरमा उल्लेख छ । ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ गएका थिए । अस्ति नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com