Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ : श्वेता खड्का

नायिका श्वेता खड्कालाई म‌गलबार पुत्रीलाभ भएको छ । उनले आमा बनेकोमा सामाजिक सञ्जालबाट खुसी व्यक्त गरेकी छन् । उनले आमा बन्न पाएकोमा आफूले निकै भाग्यमानी महसुस गरेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दीप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ । आजबाट मैले संसारकै सबै भन्दा सुन्दर शब्द आमाू बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबै भन्दा ठूलो अवार्ड हो , सबैभन्दा अमूल्य प्राप्ति अनि बहुमूल्य सम्पत्ति हो ।

मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रति साहनुभुतिि जनाइदिने मेरा आफन्त, परिवार, नातागोता र शुभचिन्तकहरू सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र शिह रावत लाई मुरी मुरी माया । मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी परीलाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com