Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

जिससको उपप्रमुखमा एकीकृत समाजवादीकी सापकोटा निर्विरोध

जेठ, ३० काठमाडौं । जिससको प्रमुखमा नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका नारायणप्रसाद अधिकारीको उम्मेदवारी परेको छ ।
यस्तै तीन जना खुला सदस्यमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका सञ्जीव पौडेलको उम्मेदवारी परेको छ । एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ ।

त्यसैगरी तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा एकीकृत समाजवादीकी पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेदवारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन् । सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने मनोनयनपत्र जाँच र उजुरी उपर निर्णय गर्ने कार्यतालिका छ ।
जिसस प्रमुख र सदस्य चयनका लागि जेठ ३१ गते भोली मतदान हुनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com