Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मेसी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको उत्कृष्ट पुनरागमन जित

लियोनल मेसी, नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले म्याकाबी हाइफामाथि ३-१ को उत्कृष्ट पुनरागमन जित निकालेको छ।

च्याप्पियन लिग अन्तर्गत गए राति भएको खेलको २४ औं मिनेटमा चेरीले गोल गर्दै इजलायली टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।

तर मेसीले हाफ टाइमअघि नै एम्बाप्पेको क्रस पासमा आठ यार्ड टाढाबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
यो गोल सँगै मेसीले कीर्तिमानसमेत बनाएका छन्। उनले च्याम्पियन लिगमा ३९ विभिन्न टोलीहरू विरूद्ध गोल गर्न सफल भएका छन्। च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले ३८ टोलीविरूद्ध गरेको गोललाई उनले उछिनेका हुन्।

मेसीले १८ विभिन्न सिजनमा च्याम्पियन्स लिगमा हालसम्म १२६ गोल गरेका छन्। बार्सिलोनाबाट १२० गोल गरेका उनले फ्रेन्च क्लब पिएसजीबाट ६ गोल गरिसकेका छन्। सर्वाधिक गोलको मामलामा रोनाल्डो मेसीभन्दा १४ गोल अघि छन्।

एम्बाप्पेले खेलको ६९ औं मिनेटमा मेसीको पासमा उत्कृष्ट गोल गर्दै खेलमा अग्रता दिलाए। यस्तै खेल सकिन २ मिनेट बाँकी हुँदा नेयमारले गोल गर्दै ३-१ को स्पष्ट जित दिलाए।

यो जितसँगै पिएसजी च्याम्पियन्स लिगमा समूह एचमा लगातार दोस्रो जितसहित शीर्ष स्थानमा कायमै छ। समान खेलबाट समान अंक जोडेको बेन्फिका दोस्रो स्थानमा छ। यही समूह अन्तर्गत ट्युरिनमा भएको खेलमा पोर्चुगलको बेन्फिकाले युभेन्टसलाई २–१ ले हराएको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com