Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मनाङको चामे गाउँपालि अध्यक्षमा एमाले उम्मेदवारले अग्रता

वैशाख,३० काठमाडौ । मनाङको चामे गाउँपालिका कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १५४ मत पाएका छन् । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत पाएका छन् ।

५ वडा रहेको चामेमा जम्मा ७११ जना मतदाता छन् । जसमध्ये ६१० मत खसेको थियो ।

चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिका कार्यालय रहेका भवनमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना भएको छ ।

२८ वटा वडा रहेको मनाङमा २८ वटै मतदान केन्द्र रहेको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जना रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com