Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भारतमा आज राष्ट्रपति निर्वाचन हुँदै

भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।
निर्वाचनमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रपति निर्वाचनमा अहिलेसम्म सत्तारूढ दलकी साझा उम्मेदवार अगाडि देखिएकी छन्।
सत्तारूढ दलसहित केही विपक्षी दलहरूले पनि द्रौपदी मुर्मुलाई समर्थन गर्ने घोषणा गरिसकेकाले उनले सहजै दुई तिहाइ मत प्राप्त गर्नसक्नेछिन्।

संसदको दुबै सदन, राज्य विधान सभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली र केन्द्र शासित प्रदेश पुडुचेरीका निर्वाचित सदस्यहरूले राष्ट्रपति चुनावमा मतदान गर्नेछन्।

देशको १५ औं राष्ट्रपतीय निर्वाचनको नतिजा बिहीबार जुलाई २१ मा घोषणा हुँदैछ ।
यदि द्रौपदी मुर्मु राष्ट्रपति बनिन् भने उनी देशको पहिलो आदिवासी राष्ट्रपति हुनेछिन् । साथै, उनी देशको दोस्रो महिला राष्ट्रपति बन्नेछिन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com