Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

हत्या गरेको आरोपमा २ जना पक्राउ

पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् ।

उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com