Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

श्रीलङ्कामा पेट्रोलको मूल्य प्रतिलिटर ६० र डिजलको ८० रुपैयाँले घट्यो

श्रीलङ्कामा आर्थिक स्थिति सुधारउन्मुख भएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य ८ देखि २६ प्रतिशतसम्मले घटाइएको बताउनुभएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर ६०, डिजेलमा ८० र मट्टीतेलमा १० रुपैयाँले घट्नेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३ सय ४०, डिजेल ३ सय २५ र मट्टीतेल २ सय ९५ रुपैयाँमा पाउने छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले सरकारले इन्धनको मूल्य घटाउने निर्णय गरेको ऊर्जामन्त्री विजेसेकराले बताउनुभएको छ । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ हुँदै गएको छ ।
गएको वर्ष श्रीलङ्कामा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । खाद्यान्न, औषधि र इन्धनको चरम अभावले सडक आन्दोलन चर्किएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोड्न र राजीनामा दिनुपरेको थियो । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com