Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

असार,२६काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्। मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका-५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना हुँदा ६ जनाको निधन भएको थियो। प्रधानमन्त्री प्रचण्डले मृतक यात्रुप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।

‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भनेका छन्।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरापासमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।
हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com