Yeti Khabar

२०८० आश्विन १६, मंगलवार - Tue Oct, 2023 -

देशभरका अदालतका कर्मचारी आन्दोलनमा

असार,१७ काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आज देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन्।

चारवटा कर्मचारी संगठनहरुको आह्वानमा बिहान १० बजेदेखि अपराह्न १:३० बजेसम्म आह्वान गरिएको हड्तात जारी रहेको कर्मचारी संगठनहरुले दाबी गरेका छन्। कर्मचारीको आन्दोलनका कारण अदालतमा सेवा लिन पुगेका सेवाग्राही मर्कामा परेका छन्।

प्रहरीले नासु प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरी कारबाही अघि बढाइसकेको छ। तर कर्मचारी संगठनहरु हड्तालमा उत्रेका छन्।
उनीहरुको आन्दोलनले मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही भने मर्कामा परेका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com