Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

भारतमा दलित विद्यार्थीले शिक्षकको भाँडोको पानी पिए, कुटपिटबाट बालकको मृत्यु

राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ।
जिल्लाको सायला थाना क्षेत्रको सुराना गाउँस्थित एक निजी विद्यालय सञ्चालकको भाँडोबाट एक दलित विद्यार्थीले पानी पिएको भन्दै शिक्षकले निर्मम कुटपिट गरेका थिए।

शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका सरस्वती विद्या मन्दिरको कक्षा तीन मा अध्ययनरत इन्द्रकुमारको उपचारकै मृत्यु भएको थियो।
शिक्षकको कुटाइमा परेका इन्द्रकुमारलाई परिवारले पहिले स्थानीय अस्पतालमा भर्ना गरे। त्यहाँ उपचार हुन नसकेपछि उनलाई अहमदाबाद लगिएको थियो। अहमदावादकै एक अस्पतालमा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडिटीभीले जनाएको छ।

विद्यार्थीको मृत्युपछि उनका काका किशोर कुमारले विद्यालय सञ्चालक छैल सिंहविरूद्ध कुटपिट, जातीय हिंशा, अपमानित र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी दिएका छन्।

प्रहरीमा दिएको उजुरी अनुसार साउन ४ गते इन्द्र सधैँझैं विद्यालय गए, तिर्खा लागेकाले विद्यालयमा राखिएको पानीको भाँडोबाट पानी पिए। तर त्यो माटोको भाँडा शिक्षक छैल सिंहका लागि छुट्टै राखिएको रहेछ। यसबारे जानकारी पाएपछि सञ्चालकले बालकलाई जातीय शब्दमा गाली गर्नुका साथै दाहिने कान र आँखामा भित्री चोट लाग्नेगरि निर्मम कुटपिट गरेका थिए। घटनाबारे विद्यार्थीले परिवारलाई खबर गरेपछि विभिन्न अस्पतालमा उपचार भए पनि उनको उपचारकै क्रममा साउन १३ गते मृत्यु भएको थियो।

घटनापछि विद्यालय क्षेत्र तनावग्रस्त भएको छ। तनाव उग्र हुँदै गए पछि सरकारको निर्देशनमा उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ।
यसैबीच प्रहरीले उक्त निजी विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिसकेको छ। यस विषयमा छानबिन गर्न एक छानबिन समितिसमेत गठन भएको छ।

आफ्नो बच्चाले शिक्षकको भाँडोको पानी पिएकोमा जातीय गाली गलौज गर्दै गम्भीर कुटाई खाएर मृत्यु भएकोमा मृतकका बाबुले छानबिन गरी दोषिलाई कारबाही र आफूहरूलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन्।

मुख्यमन्त्री अशोक गहलोतले घटना दुखत भएको भन्दै अभियुक्त शिक्षकलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको बताए।
उनले पीडित परिवारलाई यथासिघ्र क्षतिपूर्तिको सुनिश्चितता गरिने भन्दै तत्काल मृतकका आफन्तलाई पाँच लाख सहयोग रकम मुख्यमन्त्री राहत कोषबाट उपलब्ध गराइने बताए। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com