Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अखिलको केन्द्रीय कमिटीमा कर्णालीबाट १५ जना जलशा निर्बिरोध हुदा रचिन इतिहास

फागुन,७ काठमाडौं । निर्बिरोध निर्वाचित हुनेमा जलशा एक्लो प्रतिनिधि भएकी छन् । एक सय ९९ जनको केन्द्रीय कमिटीमा कर्णालीबाट १५ जना अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को २३ औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । १ सय ९९ जनाको केन्द्रीय कमिटीमा अधिकांश नयाँ अनुहार आएका छन ।

समिक वडाल अध्यक्ष र सनेश रोकाया महासचिव रहेको केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरुले शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पद तथा गोपनीयताको सपथ समेत खाइसकेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ खुखाएका हुन । अनेरास्ववियुको केन्द्रीय कमिटीमा कर्णाली प्रदेशबाट यस पटक थोरै जनाको प्रतिनिधित्व भएको छ ।

एक उपाध्यक्ष, चारजना स्थायी कमिटी सदस्य र ९ जना केन्द्रीय सदस्यले मात्रै केन्द्रीय कमिटीमा प्रतिनिधित्व गरेका छन । उपाध्यक्षमा नारायण घर्ती, स्थायी कमिटी सदस्यहरुमा हिग्मतजंग खड्का, निकुंज पाण्डे, रेखा थापा स्नेई, अमर शाही र केन्द्रीय सदस्यहरुमा जलशा कुमारी वुढा, आशिस रेग्मी, दिनेश गौतम, सुमित जैसी, जयराज संज्याल, पदम सुवर्णकार, गीता राना, प्रतिमा क्षेत्री र एलिसा डिसी रहेका छन । यी मध्ये जलशा कुमारी वुढा निर्बिरोध निर्वाचित भएकी हुन भने अरु सबै निर्वाचित आएका हुन । वुढा १ सय ९९ मा निर्बिरोध निर्वाचित हुने एक मात्र उम्मेदवार हुन ।

यस पटक कर्णालीबाट केन्द्रीय कमिटीमा पाँच जना महिलाले आफ्नो स्थान सुरक्षित बनाएका छन । साविक कर्णालीको कुरा गर्ने हो भने केन्द्रीय कमिटीमा हुम्लाबाट ३ जना, जुम्लाबाट ३ जना, कालीकोटबाट १ जना र डोल्पाबाट १ जाले मात्रै प्रतिनिधित्व गरेका छन । यस पटक मुगुले भने केन्द्रीय कमिटीमा उपस्थिति जनाउन सकेन ।

साविक कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने एक्लो महिला जलशा वुढा मात्रै रहेकी छिन । कालीकोट जिल्लाबाट केन्द्रीय कमिटीमा जलशाले मात्रै प्रतिनिधित्व गरेकोले संभवत निकट भविष्यमा बस्ने अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठकले उनलाई जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिने निश्चित जस्तै छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com