Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गठबन्धन लोकतन्त्रको आवश्यकता : प्रचण्ड

काठमाडौं २२ वैशाख । चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले यो गठबन्धन २० वर्षसम्म लैजान सकिने बताएका छन् । भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई २० वर्षसम्म लैजान सकिने बताएका हुन् ।

प्रचण्डले भने, यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो । समृद्धि र विकासको आवश्यकता हो, उनले भने, तपाईँ चितवनबासी जनताले उत्साहपूर्ण भोट हालेर रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/१५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ । तपाईँहरुले नेताहरु मात्रै नहेर्नुस् । तपाईँहरुको पनि फैसला गर्ने अधिकार छ ।

प्रचण्डले भने, रेणु दाहाल आफ्नै समर्पणमा अघि बढेको छ । रेणुको बुवाको नाताले गर्व गर्ने कुरा छँदैछ । पार्टीको हिसाबले पनि गर्व गर्छु । अभूतपूर्व जित हुनेछ । राष्ट्रको ध्यान भरतपुरमा गएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com