Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

यूएईले नेपाललाई ३ विकेटले हरायाे

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएकाे छ ।

नेपालले दिएकाे २ सय ७७ रनकाे लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायाे । यसअघि जिम्बावेकाे हरारेमा पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयाे । 

अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् ।

‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com