Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्रीले दिइन् राजीनामा

माघ,२८ काठमाडौं । लुम्बिनी प्रदेशकी बिनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन्।
मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बताइए पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत हालेर अन्तर्घात गरेको उजुरी पछि राजीनामा दिएको बुझिएको छ।

यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो।

उजुरीपछि छानबिन गर्दा उनले कांग्रेसका उम्मेदवारलाई मत हालेको पाइएपछि राजीनामा दिन लगाएको बताइएको छ। पुस २८ गते केसीले बिनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन्।

नेकपा माओवादी केन्द्रका तर्फबाट बिनाविभागीयमन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com