Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सामुदायिक विद्यालय १७ वर्षमा चार पटक सर्वोत्कृष्ट

एउटा सामुदायिक विद्यालय १७ वर्षमा राष्ट्रिय स्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो। यही बीचमा एक पटक तेस्रो भयो। उक्त अवधिमै यही विद्यालय तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो। दुई पटक बागमती प्रदेश स्तरमा उत्कृष्ट भयो।

यसरी १७ वर्षमा दस पटक उत्कृष्ट ठहर भएर पुरस्कृत भएको हो संघीय राजधानी काठमाडौंको तरुण माध्यमिक विद्यालय।शिक्षा नियमावलीमा उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था छ। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसइइ मा कम्तीमा पचास जना विद्यार्थी सहभागी गराएर कम्तीमा पचासी प्रतिशतलाई उत्तीर्ण गराउने सामुदायिक विद्यालय र सो विद्यालयको उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था शिक्षा नियमावलीमा छ।
यसैअनुसार तरुण मावि राष्ट्रिय र क्षेत्रीय स्तरमा पुरस्कृत भएको छ ।।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com