Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिन्छु भनी सात लाख रूपैयाँ ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौंको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

काठमाडौंको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालकसमेत रहेका कार्कीले दुबईको आर्म्स गार्डमा एक लाखसम्म मासिक तलब हुन्छ भनी पीडितसँग सात लाख ठगी गरेकाले निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com