Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

टर्की खानी विस्फोट : मृत्यु हुनेको संख्या ४० पुग्यो

टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ। यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारी अनुसार गत शुक्रबार राति भएको सो विस्फेटमा परी आतइबार बिहानसम्ममा कम्तीमा पनि ४० पुगेको बताइएको हो।

टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुले आइतबार सो जानकारी दिएका हुन्। उनका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए। तीमध्ये आइतबारसम्म कम्तीमा पनि ४० जनाको ज्यान गएको मन्त्री सोइलुले सो खानी विस्फोटमा परेर अरु केही व्यक्ति अझै हराइरहेका पनि जानकारी दिए।

सो दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार जारी रहेको बताइएको छ। खानीमा विस्फोट भएपछि आगो लागेको थियो। खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको तियो भने अरु केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो।
सो क्षेत्रमा रहेका खानीहरुमा आवश्यका मात्रामा सुरक्षाको प्रबन्ध हुन सक्दा नागरिकको ज्यान जाने क्रम भने रोकिएको छैन।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com