Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नेपाल युगान्डासँग पराजित

जेठ, २ काठमाण्डा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाल पहिलो खेलमा नै पराजित भएको हो ।

युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् । डोली भट्ट १३ तथा बिन्दु रावल १२ रनमा आउट भइन् । कप्तान रुबिना क्षेत्री ९ रनमा आउट भइन् । नेपालका लागि ओपनरमा आएकी कविता कुँवर ११ रनमा अविजित रहिन् ।

युगान्डाकी कोन्सी अवेको र सारा एकीटेङले दुई–दुई विकेट लिए । जनेट एमबाबाजीले १ विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनाएको थियो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन् । रता एनयागेन्गोले १८ रन बनाउँदा केभिन अविनोले १५ रन जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् । यस्तै कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक–एक विकेट हात पारिन् । जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार हुनेछ । रातोपाटीबाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com