Yeti Khabar

२०७९ मंसिर २३, शुक्रबार - Fri Dec, 2022 -

बेइजिङ पुगे पाकिस्तानका प्रधानमन्त्री, ऋणबारे कुरा गर्ने

पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफ चीन भ्रमणका लागि बेइजिङ पुगेका छन्। समाचार संस्था रोयटर्सका अनुसार गत अप्रिलमा प्रधानमन्त्री बनेका सरिफ पहिलो चीन भ्रमणका लागि मंगलबार बेइजिङ पुगेका हुन्।
दुई दिन बेइजिङमा रहँदा प्रधानमन्त्री सरिफले चिनियाँ नेतृत्वसँग पाकिस्तानले तिर्नु पर्ने चिनियाँ ऋणबारे कुराकानी गर्ने छन्।

पाकिस्तानको दुई पक्षीय ऋण २७ अर्ब डलर छ। त्यसमध्ये चीनको मात्रै ऋण झन्डै २३ अर्ब डलर छ। घरेलु अर्थतन्त्रमा समस्या झेलिरहेका प्रधानमन्त्री सरिफले उक्त ऋणमा राहत दिनका लागि बेइजिङलाई अनुरोध गर्ने बताइएको छ। पछिल्लो समय पाकिस्तानलाई विदेशी ऋणको ब्याज र किस्ता तिर्न समस्या भइरहेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गत चाइना-पाकिस्तान इकोनोमिक करिडोर निर्माणको काम भइरहेको छ। उक्त करिडोरका लागि चीनले ६५ अर्ब डलर लगानी गर्नेछ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com