Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाए

काठमाण्डौ – अभिनेता पल शाहलाई उच्च अदालत पोखराले बालयौन दुराचारको मुद्दामा सफाइ दिएको छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।

गएको भदौ २१ गते शाहलाई नवलपुर जिल्ला अदालतले बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुराचारको अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । यो फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । यही निवेदनमाथि फैसला गर्दै उच्च अदालतले आज आइतवार सफाइ दिएको हो । सफाइ पाएसँगै अब उनी रिहा हुनेछन् ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com