Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको ज्यान गयो, ज्यान गुमाउनेको सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने

सिरियाको सीमा नजिकै टर्कीमा हिजो गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।

बिहान उज्यालो भएपछि खोजी कार्यले तीव्रता पाएको र विभिन्न देशबाट प्रविधिसहितका विशेषज्ञ आएर खोज्ने क्रम सुरु भएकोले ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको हो । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ज्यान गुमाउनेको सङ्ख्या अहिले पुष्टि भएको सङ्ख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् ।

वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरु घाइतेले भरिएका छन् ।

टर्की रेड क्रिसेन्टले त्यहाँका नागरिकहरुलाई रक्तदान गर्न आह्वान गरेको छ । टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । बेलायतले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाएको जनाएको छ । फ्रान्स, जर्मनी, इजरायल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले एक करोड अमेरिकी डलरसहित विशेषज्ञ टोली पठाउने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रका विद्यालयहरु कम्तीमा एक हप्ताको लागि बन्द गरिएका छन् । टर्कीमा यस अघि सन् १९९९ मा गएको भूकम्पका कारण १७ हजार र सन् १९३९ मा गएको भूकम्पका कारण ३३ हजार जना मानिसको ज्यान गएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com