Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

स्याउमा रोग लाग्दा किसान चिन्तित

स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन्। जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर स्याउ किसानलाई चिन्तित बनाएको तिला गाउँपालिका-१ क नर रावतले बताए।

कीराको संक्रमण स्याउ बगैंचामा फेला पर्नेबित्तिकै कृषि प्राविधिकको परामर्श लिने गरेको छु। सिंचाइ, मलखादको चिन्ता छैन। रोग कीराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको तिला गाउँपालिका-२ स्याउ किसान दलबहादुर रावतले बताए।

स्याउ बगैंचामा बिरुवा रोप्न जति सजिलो छ, त्यसभन्दा बढी बिरुवा हुर्काएर स्याउ फलाउन कठिन छ।
स्याउ किसान रावतले भने, ‘वर्षैपिच्छे कुनै न कुनै रोग कीराको संक्रमण भइरहेको हुन्छ। त्यसैले वर्षभरि नै रेखदेख गरिराख्नुपर्छ।’
बगैचामा गत वर्ष भुवादार लाइकीरा र कत्ले कीराको प्रकोप देखिएको थियो। तर,समयमै पत्ता लागेकाले विषादी प्रयोग गरी त्यसलाई निर्मूल पारेको स्याउ किसान रावतको भनाइ छ।

जिल्लाका अधिकांश स्याउ बगैंचाका बोटमा सो समस्या देखापरेको जनगुनासो आउने गरेको यहाँका स्थानीय तहका कृषि शाखाले जनाएका छन्।
जुम्ली स्याउमा बर्सेनि रोग कीराको संक्रमण देखिंदा उत्पादनमा ह्रास आएको तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईले बताए।

बागवानी अनुसन्धान केन्द्र जुम्लाका अनुसार स्याउको बिरुवा रोप्नु पहिले भाले र माउ जातको स्याउको बिरुवा स्पष्ट रूपमा छुट्याउनुपर्ने जनाएको छ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष रोग कीराका कारण करिब ४० प्रतिशत स्याउका बिरुवा नष्ट हुने गरेको कार्यालय प्रमुख गणेश अधिकारीले बताए। जिल्लाभरि चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com