Yeti Khabar

२०७९ आश्विन २१, शुक्रबार - Fri Oct, 2022 -

पोखरीमा डुबेर दुई बालकको मृत्यु

असार,११ काठमाडौ । धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा पौडि खेल्ने क्रममा उनीहरूको डुबेर ज्यान गएको हो ।

पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका बालकको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगिएकोमा अस्पतालले उनीहरूलाई मृत घोषित गरेको थियो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com