Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

५ देखि ११ वर्षसम्मका बालबालिकालाइ वैशाखदेखि जेठ सम्ममा खोप दिइने

काठमाडौं ८ चैत । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान तीव्र गतिले सञ्चालन भएपनि ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् । यो समुहकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसै क्रममा बालबालिकाहरूलाई लगाइने फाइजर खोप आयातका लागि तयारी भइरहेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले वैशाखदेखि जेठ सम्ममा बालबालिकालाई खोप दिइने बताउँदै आएका छन् । ८४ लाख मात्रा फाइजर खरिद प्राप्त गर्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताएका छन । उनले भने, ‘५ देखि ११ वर्षसम्मका बालबालिकाले अब चाँडै खोप पाउँन ेछन । खोप आयत प्रक्रिया अगाडि बढिसकेको छ ।’

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com