”प्रचण्डलाइ पुर्व जनमुक्ति (अयोग्य ) सेनाका कमाण्डर क. सम्राटको प्रश्न हाम्रो मुद्दामा तपाइको नजरअन्दाज किन ?”
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/WhatsApp-Image-2022-03-22-at-9.17.28-PM.jpeg)
४००८ जना बहिर्गमित जनमुक्ति सेनाका सम्पुर्ण घर परिवारले अबको स्थानीय तह निर्वाचनमा माओबादीलाई भोट नहाल्न निर्देशन गर्दछु। बरु माओवादीको विरुद्धमा प्रत्यक ठाउँमा बागी उम्मेदवारी दिने घोषणा गर्दछु।
किन ?
जुन व्यक्तिले आप्नो बालापनलाई तिलाञ्जली दिँदै जनयुद्धको एजेण्डालाई अंगिकार गर्ने बाल मस्तिक लाई बारम्बार घोका दिने प्रचण्ड लाल गद्दार हुन ।
कलम बोक्ने हातले बन्दुकको चिसो ब्यारेल लाई सिरानी बनाउँदै, बमका गोला भोको पेटमा कसेर युद्ध छेडेका हामी जनमुक्ति सेनालाई विदेशी दलाल संस्था ग्ल् ले अयोग्य घोषित गरे देखी काउँछोको रुपमा हेर्ने प्रचण्ड म बाल लडाकुको नजरमा गद्दार हो ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/WhatsApp-Image-2022-03-22-at-9.22.52-PM-690x1024.jpeg)
जब बृहत शान्ति सम्झौता पश्चात जनमुक्ति सेनालाई शिविरमा राखेर दसैँको खसी,बोका,राँगाको जसरी मूल्य निर्धारण गरी जनमुक्ति सेनाको पहिचान मेटाउँदै कौडीको भाउमा बेच्ने प्रचण्ड गद्दार हो ।
बारम्बार सरकारको नेतृत्व गर्दापनि जनयुद्धमा सहिद हुनु भएका सम्पूर्ण सहिद हरुलाई राष्ट्रिय सहिद घोषणा गर्न नसक्ने प्रचण्ड दलाल हो । यी हाम्रा महान शहीद हरुको रगतमा होली खेल्दै बारम्बार बिभिन्न गिरोह सँग बार्गीलिङ गर्ने प्रचण्ड गद्दार हो ।
माओवादी आन्दोलनको सम्पुर्ण नेतृत्व जबसम्म जनयुद्धको ब्याज खान खोज्ने चैते तरामाराहरुको पञ्जाबाट जबसम्म मुक्त हुदैँन तब सम्म हामी बालसेना हरुका सम्पुर्ण मुद्दामा नजरन्दाज गर्ने प्रचण्ड म एक जनयुद्धको बालसिपाहि को नजरमा सदा सर्वदा गद्दार हुन ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/WhatsApp-Image-2022-03-22-at-9.22.56-PM.jpeg)
आज पनि प्रधानमन्त्री सँग शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने सवालमा पाँच प्रश्न गर्दै गर्दा फेरि पनि प्रचण्डले नियतबस बहिर्गमित जनमुक्ति सेना नेपालको मुद्धा अटाएन किन ?
अहिले पनि बारम्बार हाम्रो मुद्दामा प्रचण्डले उठान गर्न निकै आनाकानी गरिरहेका छन् किन ?