Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

एकीकृत समाजवादी छोटो समयमा राष्ट्रव्यापी बन्न सफल भयो: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन्।

हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५ मा विजयी उम्मेदवारलाई बधाइ तथा स्थानीयलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले अहिले पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आगामी दिनमा देशभर सङ्गठनलाई विस्तार र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। निर्वाचनमा गठबन्धनले टिकट बाँडफाँटमा न्यायोचित मूल्याङ्कन गर्न नसक्दा आफ्नो दललाई सम्मान गर्न नसकेको र त्यसका कारण पार्टीलाई धेरै फाइदा नभएको उनले बताए।

खनालले काठमाडौँ–१५ मा जस्तै देशभर एक्लै निर्वाचन लडेको भए पार्टीले अझै राम्रो परिणाम हासिल गर्न सक्ने बताएका थिए।
कार्यक्रममा पार्टीका सचिव जीवनराम श्रेष्ठले आगामी दिनमा जनप्रतिनिधिले जनताको भावनाअनुसार स्थानीय पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका थिए।

उनले घोषणा पत्रका विषयलाई कार्यान्वयन गराउन जनप्रतिनिधिलाई आग्रह गरेका थिए। काठमाडौं वडा नम्बर १५ मा एकीकृत समाजवादीको प्यानल नै जितेको थियो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com