Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बिपी कोइराला साहित्य पुरस्कार घोषणा

बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ। एक लाख एक हजार नगदसहितको यस वर्षको साहित्य सम्मान पुरस्कार साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय भएको छ।

ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डाक्टर ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो।

ट्रस्टले हरेक वर्ष प्रदान गरिने ५१ हजार नगदसहितको बिपी सेनानी सम्मान पुरस्कार यस वर्ष प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिने ९१ वर्षीया शान्ति कार्की (वीरगन्ज) लाई दिने निर्णय गरेको छ।
१०९ औं बिपी जयन्ती, भदौ २४ गते ती सम्मान प्रदान गरिने ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com