Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने 

facebook sharing button

संघीय संसदको संयुक्त बैठक आज बस्दै छ। 
 
संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको हो। आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै छन्।  

उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

यसअघि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने कि राष्ट्रपतिले पढ्ने भन्ने अन्योल थियो। बुधबार राष्ट्रपति कार्यालयबाट संसद्‍ सचिवालयमा पठाउँदै राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने जानकारी दिएको थियो। 

राष्ट्रपति चयन भएपछि सङ्घीय संसदमा पौडेलेले पहिलो सम्बोधन गर्न लागेका हुन्।  

संसदमा राष्ट्रपति उपस्थित हुँदा  राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि,  सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन्।

संयुक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को  दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन्। 

प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ।रासस  

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com