Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

अभियुक्तलाई अपराधीसरह टिप्पणी नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर

यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टिका-टिप्पणीविरूद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर भएको छ।

कानुन संकायका विद्यार्थी रेजिना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडललगायतले दायर गरेको निवेदनमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तलाई अपराधीसरह लाञ्छित गर्ने गरी भएका टिका टिप्पणी कानुनसम्मत नहुने जिकिर गरिएको छ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाई दायर सो रिटमा परमादेश-प्रतिषेध लगायत अन्य आवश्यक उपयुक्त आदेश जारी गर्न माग गरिएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com