Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित

जेठ , २ काठमाण्डौ ।ओखलढुंगा चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पार्दै शर्मा अध्यक्षमा विजयी भएका हुन् ।

गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई एक हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन् ।

थापाले तीन हजार ११६ र राईले दुई हजार ५० मत प्राप्त गरेका छन् । चिशंखुगढी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com