Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भू–उपग्रह समुद्रमा खस्यो

काठमाण्डौ – उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ ।

सैनिक निगरानीसँग सम्बन्धित भू–उपग्रह समुद्रमा खसेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

भू–उपग्रह प्रक्षेपणपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेका थिए ।

दक्षिण कोरियाको सेनाले रकेट उडिरहेको समयमा नै टुक्रा टुक्रा भएको वा रेडारबाट पर गइसकेपछि क्षतिग्रस्त भएको हुनसक्ने बताएको छ ।

यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन–११ तारिख भित्र भू–उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो ।

अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू–उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाली नेता किम जङ उनले सैनिक भू–उपग्रहको विकासलाई देशको प्रतिरक्षामा महत्त्वपूर्ण योगदान दिनसक्ने पूर्वाधारका रुपमा लिनुभएको छ ।  एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com