जसपा सरकारबाट बाहिरिने निर्णय

जेठ,१७ काठमाडौं । जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। हिजो देखि इटहरीमा जारी जसपाको प्रदेश कमिटी बैठकले सरकारमा स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
‘हामी औपचारिक रूपमा केहीबेरमा निर्णय सार्वजनिक गर्नेछौं’, जसपाका एक नेताले भने, ‘निर्णय चाहिँ सरकार छाड्ने भयो।’पुस २४ मा एमाले नेता हिक्मत कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो।
जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरू गरेको छ। माओवादीले पनि छिट्टै समर्थन फिर्ता लिने विश्वास जसपाको छ।
कोशीमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ सिटको सरकार थियो। केन्द्रीय गठबन्धन अनुसार माओवादीले पनि सरकार छाड्ने निर्णय लिए सरकार अल्पमतमा पर्नेछ।